Welcome To Nerude Mirmire Laghubitta Bittiya Sanstha Limited "Together for Prosperity"




Staff Login
Gallery
Careers

News and Event

Home News and Event

नेरुडे मिर्मिरेको कलैयामा एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


Laghubitta Bittiya Sanstha Ltd.

ेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय कलैयाले यहि फागुन १२ गते सोमबार एक दिने 'केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम' भव्य रुपमा सम्पन्न गरेको छ। कार्यक्रम कलैया शाखाका केन्द्र प्रमुखहरू, कर्मचारीहरू, जनप्रतिनिधि, प्रहरी प्रतिनिधि तथा स्थानीय भद्रभलाद्मीहरूको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रमको सभापतित्व कलैया शाखाका केन्द्र सदस्य आम्ना खातुनले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा महागढीमाई नगरपालिका वडा नं. २ की वडा सदस्य तथा कलैया शाखाकी केन्द्र सदस्य श्रीपति देवी अहिरिन रहनुभएको थियो। कार्यक्रममा लक्ष्मिनिया क्लस्टर प्रमुख भिमवली कुमार सहनी, कलैया क्लस्टर प्रमुख किरण बिष्ट, जिल्ला प्रहरी कार्यालय बाराका प्रतिनिधि ओम प्रकाश साह रहेका थिए। कार्यक्रमको शुरुवात प्रभातफेरीबाट गरिएको थियो, जसमा करिब ७० जना सहभागीहरुले विभिन्न वित्तीय साक्षरता सम्बन्धी नारा लगाउँदै कलैया बजार परिक्रमा गरेका थिए। कार्यक्रमको सञ्चालन कलैया अनुगमन कार्यालयका महोम्मद मक्सुद अन्सारीले गरेका थिए भने कलैया शाखा कार्यालय प्रमुख विनोद चौधरीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रममा कलैया क्लस्टर प्रमुख किरण बिष्टले संस्थाको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए भने लक्ष्मिनिया क्लस्टर प्रमुख भिमवली कुमार सहनीले केन्द्र प्रमुखको भूमिका, कर्तव्य र अधिकारबारे प्रशिक्षण दिएका थिए। कार्यक्रममा कर्मचारी हरेन्द्र पासवानले संस्थाको सेवा सुविधा र ग्राहक संरक्षण कोषबारे सहभागीहरूलाई जानकारी गराएका थिए । शाखा प्रमुख विनोद चौधरीले वित्तीय साक्षरताको महत्त्व र यसबारे प्रस्तुतिकरण संगै सहभागीहरूसँग अन्तरक्रिया गरिएको थियो। कार्यक्रमको अन्तमा उत्कृष्ट केन्द्र तथा सदस्यहरूलाई पुरस्कार वितरण गरिएको थियो भने अतिथिहरूलाई मायाको चिनो प्रदान गररेको थियो ।

© Copyright © 2023 All Rights Reserved.
Designed by Nerude Mirmire Laghubitta Bittiya Sanstha Ltd.