नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय झुल्नेटाद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम त्रिवेणी गाउँपालिका–३ स्थित होटल त्रिवेणी गेस्ट हाउसमा सम्पन्न भएको हो। कार्यक्रम केन्द्र नं. ४१ की केन्द्र प्रमुख कमला मल्ल चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो। त्रिवेणी गाउँपालिका–३ का वडा अध्यक्ष दिपेन्द्र कुमार ओली प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको उक्त कार्यक्रममा लक्ष्मी सनराइज बैंकका शाखा प्रमुख चित्रबहादुर केसी, प्रहरी चौकीका प्रतिनिधि दीपक बहादुर बोहरा, श्रीनगर क्लस्टर प्रमुख तेज बहादुर खत्री, युवा जनजागरणका प्रतिनिधि टिकाराम खड्का, र नेशनल लाइफ इन्सुरेन्सका प्रमुख पवन ओली लगायतअतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रम संचालन शाखा प्रमुख श्रीमती भीमा कुमारी केसीले गर्नुभएको थियो। यसका साथै, शाखाका कर्मचारीहरू टिकालाल चौधरी, लक्ष्मी केसी, प्रसाद बोहरा र सीता खड्काको समेत सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमको क्रममा ग्लोबल मनी विकका सन्दर्भमा शाखाका कर्मचारी प्रसाद बोहराले जानकारी दिनुभएको थियो भने केन्द्र प्रमुख/उपप्रमुखहरूको भूमिकासँग सम्बन्धित वित्तीय साक्षरताका विषयमा क्लस्टर प्रमुख तेज बहादुर खत्रीले प्रस्तुति दिनुभएको थियो। झुल्नेटा शाखाबाट सञ्चालित केन्द्रहरूबाट ६२ जना केन्द्र प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि दिपेन्द्र कुमार ओलीले कर्जा लिईसकेपछि समयमै तिर्नुपर्ने कारण र यसको महत्त्व तथा कर्जा अनियमितताका कारण देखिने समस्याका बारेमा चेतना मुलक मन्तव्य राख्नुभएको थियो। उहाँले “आजको बचत, भोलिको आवश्यकता हो” भन्ने महत्वपूर्ण सन्देश पनि दिनुभएको थियो। कार्यक्रममा उपस्थितहरूलाइ टिकालाल चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने लक्ष्मी केसीले शाखाको वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो।
© Copyright © 2023
All Rights Reserved.
Designed by Nerude Mirmire
Laghubitta Bittiya Sanstha Ltd.